ओम डेभलपमेन्टको दुई लाख ५२ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला आजदेखि

Advertisement

काठमाडौं : ओम डेभलपमेन्ट बैंकले दुई लाख ५२ हजार ६६९ कित्ता सेयर आइतबारदेखि लिलामीमा बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक समूहको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहको दुई लाख ६ हजार ५८७ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

बैंकले असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म १०ः३ अनुपातमा ४९ लाख ३१ हजार ३ सय ८५ कित्ता सेयर निष्कासन गर्दा बिक्री नभएको २ लाख ५२ हजार ६६९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

लिलामीको लागि पुस ९ गते अन्तिम म्याद रहेको हो । बैंकको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

बोलपत्र आवेदन फारम एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट र यसको शाखा कार्यालय लगनखेलबाट पनि लिएर भर्ना सकिने छ ।

बोलकबोल पेश गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

यस्तै, ओमको केन्द्रीय कार्यालय पोखरा चिप्लेढुंगा र शाखा कार्यालय बुटवल र नारायणगढमा पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले तीन करोड ७४ लाख २६ हजार रुपियाँ खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement