नवराज सिलवालबिरुद्ध किर्ते गरेको अभियोगसहित काठमाडौँ परिसरमा जाहेरी दर्ता

Advertisement

काठमाडौँ: प्रतिनिधि सभा सदस्यमा ललितपुर-१ बाट निर्वाचित तथा पुर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल बिरुद्ध बुधबार प्रहरीले किर्ते मुद्धाअन्तर्गत अनुशन्धान सुरु गरेको छ ।

उनीविरुद्ध किर्ते गरेको आरोपमा महानगरीय प्रहरीको परिसर, काठमाडौँमा मुद्धा गर्दा गरिएको, प्रहरीले जानकारी दिएको छ ।

किर्ते सम्बन्धि जाहेरी परेसंगै उनीमाथि थप अनुशन्धान अघि बढेको काठमाडौँ प्रहरी प्रमुख रबिन्द्र धानुकले बताए ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । उनीविरुद्ध प्रहरीको बढुवा फाइलमा कार्य सम्पादन मूल्यांकन फाइलमा किर्ते गरिएको दावी सहित मुद्दा दर्ता भएको हो ।

Advertisement

Advertisement

Advertisement