मजदुरी गरेरै महिनामा ५० हजार कमाई

Advertisement

काठमाडौंः दोलखाका मोहन श्रेष्ठ सामान्य मजदुर हुन् । उनी डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार भन्दा वढी कमाउदै आएका छन् ।

उनी घर निर्माणमा इटाको सटामा प्रयोग हुने इको प्यानल जडान गर्ने डकर्मी मजदुर हुन् । विगत दुई वर्षदेखि इको प्यानलको जडान गर्दै आएको बताउने मोहनले महिनामा ५० देखि ५५ हजारसम्मको कमाई गर्दै आएको बताए । आफूसहित दाइ र जेठान गरी तीनजनाले यो काम गर्दै आएको उनले बताए ।

विदेशबाट फर्केर आएका दाइ र जेठानलाई विदेशमा भन्दा स्वेदशमै राम्रो आम्दानी हुने जानकारी दिई आफूले विदेश जानबाट रोकको जानकारी मोहनले दिए । गरिरहेको कामबाट आकर्षक आम्दानी भएपछि स्वदेशमै सन्तुष्ट भएको उनले बताए ।

eco-panel 1

राम्रो कमाई हुने भएपछि यो काममा पुरुष मात्रै होइन, महिला पनि लागेको देखिएको छ । यो काम गर्दै आएकी सरस्वती मगरले आफूले कामबाट महिनामा अन्दाजी ४० हजारसम्मको कमाई गर्दै आएको बताइन् । राम्रो आम्दानी हुने भएपछि बढाबुढी मिलेर दुवैजना यही काममा लागेको बताइन् । सरस्वतीका अनुसार बुढाबुढी दुवैले गरेर महिनामा अन्दाजी ८० हजार रुपिँयाको कमाई गर्दै आएका छन् ।

राम्रो कमाई भएपछि खानलगाउन मात्रै नभई घुमघाम गर्न पनि पैसा जोगिएको सरस्वतीले बताइन् ।

राम्रो कमाईकै कारण यो काममा विद्यार्थी पनि आकर्षित भएका छन् । विहान कलेज पढने र दिउँंसो काम गर्ने विद्यार्थी पनि कामप्रति आकर्षित देखिएका छन् । बासु माध्यामिक विद्यालय कालिघाट भक्तपुरमा कक्षा १२ मा अध्ययनरत विक्रम दुवालले यो कामबाट आफुले पढाई खर्च मात्रै नजुटाई आफना लागि आवश्यक पकेट खर्च पनि जुटेको बताए ।

अर्का युवा वीरबहादुर तमाङ आफूले पढ्न नपाए पनि प्यानलबाट विद्यालय भबन बनाउन पाएकोमा प्रशन्नता प्रकट गर्दछन् । गरिवीका कारण पढ्न पाइन तर इको प्यालनको प्रयोगबाट भूकम्पबाट भत्केका स्कुलहरु पुननिर्माण गरी विद्यार्थीलाई पढन मिलाइदिन पाएकोमा खुशी भएको बताउछन् ।

इको प्यानल उत्पादन गर्ने कम्पनीले खटाइ पठाएको घरमा गएर मजदुरले प्यानलको जडान गर्ने गर्दछन् । यसका लागि कम्पनीले इको प्यानल फिट गर्न जाने निर्माणस्थल मिलाइ दिन्छ ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले उपत्यका बाहिर गएर कामगर्न जाने मजदुरलाई यातायात, खाने, वस्ने व्यवस्था पनि कम्पनीले व्यहोर्न जानकारी दिए । काम अनुसारको दाम हुनुपर्छ भन्ने मान्यताका साथ मजदुरहरुलाई प्रोत्साहन गरिराखेको उनले बताए । त्यति मात्रै नभई उनीहरुको स्वास्थ्य विमा पनि कम्पनीले गर्दै आएको जानकारी उनले दिए ।

यो प्यानल जडान गर्ने प्रविधि दक्षिण एसियामै पहिलो भएको कारण आवश्यक जनशक्तिलाई कम्पनीले नै तालिम दिई दक्ष बनाउँंदै आएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement