आफ्नो मुलुक छाडेर अर्काको देशमा रमाउनेहरुलाई लालबाबुले 'परजिवी'को संज्ञा दिए

Advertisement

काठमाडौंः पूर्वमन्त्री एवं एमाले नेता लालबाबु पण्डितले आफ्नो मुलुक छोडेर अर्काको देशमा रमाउनेहरुलाई परजिवीको संज्ञा दिएका छन् । डाइट थेरापी क्लिनिकले आयोजना गरेको कार्यक्रममा उनले अर्काको देशको विकास गर्न छोडेर आफ्नै मुलुकको विकासमा फर्कन पनि उनीहरुलाई सल्लाह दिए ।

देशभक्त नेताको रुपमा लोकप्रिय रहेका पण्डितले हालैको निर्वाचनमा काँग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गरेका थिए । निर्वाचनमा शेखरले आफ्ना मुख्य प्रतिस्पर्धी पण्डितलाई चिन्दिन भन्दै अपमान गरेपछि मतदाता उनीप्रति रुष्ट भएका थिए ।

क्लिनिकको कार्यक्रममा पण्डिले नेपालको भविश्य उज्जल रहेको भन्दै अरुको देशको विकासमा रमाउँदै आएकाहरुलाई फर्किएर आउन सल्लाह दिए । उनले भने, ‘अरुको स्वर्गमा रमाउनेहरु प्यारासाइट हुन्, नेपालीले नेपालकै विकासमा रमाउनुपर्छ । मुलुक आफ्नै जीवनकालमा बनाउने हो, अनि रमाउने हो।’

नेता पण्डितले देशलाई गाली गर्दै विदेश जानेहरुले केही गर्न नसक्ने भन्दै उनीहरुलाई आफ्नो मुलुकमा राख्न राज्यको पनि नीति लिनुपर्ने र उनीहरुले पनि स्वदेशमै योगदान लाग्नुपर्ने बताए । उनले सबै दक्ष जनशक्ति बाहिर गएर कसरी मुलुकको विकास हुन्छ ? भन्दै मुलुकको स्थिति थप सुधार हुँदै गएकाले अरुको मुलुकको विकासका लागि काम गर्दै आएकाहरु आफ्नै देशको विकास लागि फर्किनु जरुरी रहेको बताए ।

पण्डितले अब नेपालमा स्थिर सरकार बन्ने र विकासले गति लिने विश्वास व्यक्त गर्दै देशलाई समृद्ध बनाउने जिम्मा हाम्रो काँधमा छ भने ।

Advertisement

Advertisement

Advertisement