एनआइसी एसियाको ३० लाख युनिट ऋणपत्र बिक्री खुला

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले पुस १३ गते (शुक्रबार)देखि ३० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले निष्कासन गरेको तीन अर्ब रुपियाँको ऋणपत्र मध्ये ६० करोड रुपियाँ बराबर सर्वसाधारणलाई जारी गरिएको हो ।

साथै, दुई अर्ब ४० करोड रुपियाँको ऋणपत्र एनआइसीले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री खुला गरेको छ । वार्षिक ९ प्रतिशत ब्याजदर हुने यस ऋणपत्र ७ वर्ष अवधिको हुनेछ । प्रतियुनिट एक हजार रुपियाँ तोकिएको यो ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो ।

बैंकको ऋणपत्र छिटोमा पुस १७ गते र ढिलोमा पुस २७ गतेसम्म बिक्री खुला हुनेछ । आवेदनका लागि नबिल इन्भेष्टमेन्ट बैंङक नक्साल तथा एनआइसी एशिया बैंकका शाखा कार्यालयहरुबाट सुविधा मिलाइएको छ ।

त्यसैगरी, आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै, शाखाबाट पनि आवेदन दिन सकिनेछ । बैंकले थप पुँजी निर्माणका लागि ऋणपत्र निष्कासन गरेको हो ।

Advertisement

Advertisement

Advertisement