निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न महिलाहरुको साझा अभियानको आग्रह

Advertisement

काठमाडौंः समानुपातिक निर्वाचन परिणाम तल्काल सार्वजनिक गर्न साझा अभियानमा आवद्ध संस्थाहरुको शुक्रवार राजधानीमा आयोजित भेलाले आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा महिला सहभागिताका लागि साझा अभियानले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको एक महिना हुँदा पनि निर्वाचन आयोगले औपचारिक रुपमा समानुपातिक तर्फको परिणाम सार्वजनिक नगरेको भन्दै परिणाम सार्वजनिक गर्न आग्रह गरेको हो ।

अभियानको भेलाले देशभरिका मतदाताले मतदान गरिसकेको मत परिणाम छिटो सार्वजनिक नगर्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएर हासिल गरेको सफलतालाई छायाँमा पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले जे परिणाम छ त्यसलाई औपचारिक रुपमा तत्काल सार्वजनिक गरी मुलुकलाई निकास दिने गरी जिम्मेवारी पुरा गर्नुपर्ने र संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभामा महिलाको सहभागिता क्रमशः ३७ र ३३ प्रतिशत हुनुपर्ने व्यवस्था रहेकोमा त्यसलाई कायम गर्ने गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउन अभियानले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement