भिएस निकेतन स्कूलका संस्थापक एवम पूर्व सांसद डा पोखरेलको निधन

Advertisement

काठमाडौं: भिएस निकेतन स्कुलका संस्थापक, पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको लामो समयको अशक्तता पछि आइतबार निधन भएको छ ।

६६ वर्षीय पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए ।

पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको प्याब्सनका महासचिव राजेन्द्र बानियाले बताए । बानियाँका अनुसार पोखरल ६८ देखि ७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् ।

Advertisement

Advertisement

Advertisement