चिसोले हालसम्म देशभर २४ जनाको मृत्यु

Advertisement

काठमाडौँ: शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ ।

आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय मुसहरू चौधरी, डाँकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउ“पालिका–४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी–कोइलाडी गाउँपालिका–७ का ३५ वर्षीय शिवु मण्डलको जाडोले कारण मृत्यु भएको थियो ।

प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान घरनजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको थियो ।

शुक्रबारै तिलाठी–कोइलाडी गाउँपालिका–२ का ५५ वर्षीय सुजन ठाकुरको कठ्यांग्रिएर घरमै मृत्यु भयो । त्यसअघि बिहीबार राजविराज नगरपालिका–१० की ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ की ६० वर्षीया नाजो वेगमको जाडोबाटै मृत्यु भएको वडाध्यक्ष अरुण यादवले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement

Advertisement

Advertisement