बार्सिलोनासँग लेभान्टे ३–० गोलले पराजित

Advertisement

एजेन्सीः वर्षको पहिलो खेलमा स्पेनीस ला लिगा लिडर बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोल अन्तरले पाराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा क्लबका लागि १२औं मिनेटमा गोल गर्दै मेस्सीले सुरुवाती अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । दोस्रो हाफको ९० औं मिनेटमा पाउलिन्होले थप एक गोल गरेपछि बार्सिलोनाले ३–० को सहज जित निकाल्यो ।

जितसँगै बार्सिलोना लिगमा १८ खेलबाट ४८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको लिगमा ३९ अंक छ ।

Advertisement

Advertisement

Advertisement