गोविन्द केसीलाई रिहाईको माग गर्दै प्रदर्शन, बाबुराम भट्टराईदेखि रविन्द्र मिश्रसम्म सहभागी

Advertisement

काठमाडौंः प्रधान न्यायधीसको राजीनामाको माग गर्दै अनशनमा बसेपछि पक्राउ परेका त्रिवि शिक्षण अस्पतालक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई रिहाईको माग गर्दै माइतीघर मण्डलामा बिहान प्रदर्शन गरिएको छ ।

प्रधान न्यायधीस गोपाल पराजुलीले मेडिकल माफियाको पक्षमा फैसला गरेको भन्दै
उनको राजीनामासहित पाँच बुँदे माग राखेपछि सर्वोच्च अदालतले उनलाई अदालतको मानहानीकोमा पक्राउ गरेको हो ।

केसीलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा, विवेकशीलद साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, कालाकार, चिकित्सक र सर्वसाधारण सहभागी छन्। केसीलाई मंगलबार बयानका लागि सर्वोच्चमा हाजिर गराइएको छ ।

Advertisement

Advertisement

Advertisement