डा केसीको मुद्दाको सुनुवाई मिश्र र चालिसेको संयुक्त इजलासमा (पेसीसूची सहित)

Advertisement

काठमाडौँः अदालतको अवहेलना सम्बन्धी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको सुनुवाइका लागि सर्वोच्च अदालतले इजलास ताकेको छ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान राखिएको छ। बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्नेछ।

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ भएको हो । दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो।



इजलास तोक्नुअघि सर्वोच्चको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित बैठक) बसेको थियो। फूलकोर्टको निर्णयपछि इजलास तोकिएको हो।

अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च प्रशासनकाे टिप्पणीले केसीविरुद्ध सोमबार मुद्दा चलाइएको थियो। सोमबार नै केसीलाई बयानका लागि हाजिर गराउन सर्वोच्चले आदेश जारी गरेको थियो।

Advertisement

Advertisement

Advertisement