बयान दिंदै केसीले प्रश्न गरे - पराजुलीको नागरिकता, एसएलसी, मेडिकल लाइसेन्स विवाद के हुन् ?

Advertisement

काठमाडौँ: सर्वोच्च अदालतले मानहानीको मुद्दामा वरिष्ठ चिकित्सक प्रा डाक्टर गोविन्द केसीसँग मंगलबार बयान लिएको छ। अदालतको अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो।

डा केसीले अदालतमा बयान दिँदै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई विभिन्न आरोप लगाउंदै उल्टै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवहेलनाको मुद्दा लगाउनु पर्ने दावी गरेका छन् ।

केसीले प्रधानन्यायाधीश पराजुलीलाई लगाएका आरोप यस्ता छन्

उनले बयानका क्रममा भनेका छन् - प्रधान न्यायाधीश पराजुलीले दुई ठाउँको नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन। अनैतिक र गैरकानुनी त्यसैले निजमाथि न्यायिक छानविन गरेर कारवाही गर्नुपर्छ।

त्यस्तै, उनले थप भनेका छन् पराजुलीले दुई ठाउंबाट नागरिकता लिएका मात्रै छैनन् उनले उमेर समेत सच्चाएका छन्। पछिल्लो पटक काठमाडौंबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधान न्यायाधीश पदमा आशिन छन्। तर, उनको शुरुको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन्। ६५ वर्ष पुग्दा पनि प्रधान न्यायाधीश पदमा बस्नु गैर कानुनी हो।

त्यसैगरी, उनले आफ्नो बयानमा भनेका छन् - गोपाल पराजुलीले लोकमान सिंह कार्कीलाई मात्र सफाइ दिएनन्। सफाई दिएपछि आफ्ना नातेदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहाकार बनाएका छन् ।

अरु त अरु पराजुलीले एसएलसी पनि पास भएका छन् कि छैनन् भन्ने विवाद अझै कायमै छ। त्यस्तै, सार्वजानिक सञ्चार माध्यममा निज गोपाल पराजुलीको शैक्षिक योग्यता र प्रमाणपत्रको बारेमा प्रश्न उठेको छ। त्यसमा के छानविन भयो, कागजात पाउँ।

केसीले थप भनेका छन् जग्गा प्लटिङ व्यावसायीलाई फाइदा हुने गरी निज पराजुलीले सरकारकारले लिएको नीति उल्टाइ फैसला गरे। यसबाट न्याय बेचियो।

त्यस्तै, क्यासिनो चलाए बापत तिर्नुपर्ने कर तिर्नु नपर्ने गरी मिनाह गराउने फैसला गरे, पराजुली प्रधान न्यायाधीश भएपछि भएका विभिन्न फैसलाहरु चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारीलाई प्रश्रय पुग्नुका साथै एनसेलले ६० अर्ब राजस्व नतिर्नुपर्ने भएको छ।

त्यसैगरी, प्रन्याले 'आफ्ना भान्जे ज्वाँइ नहकुल सुवेदीलाई ६/७ महिनाको अविधिमा मुख्य रजिष्ट्रार र मुख्य न्यायाधीश बनाएको भनी बयान दिएका छन् ।

उनीले थप भनेका छन्, सुशीला कार्कीलाई महाअभियोग लगाएको राति १० बजेर ३० मिनेटमा प्रधानन्याधीशमा पदबहाली गरे अनि 'जतातता गोपाल पराजुली त्यतात्यता मेडिकल कलेजका मुद्दा' शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समाचारमा अवहेलना मुद्दा लगाए पनि कान्तिपुरले सफाई पाए।

Advertisement

Advertisement

Advertisement