पुनःनिर्माणका लागि काठ  माग गर्दै काठमाडौँमै ४२१ जनाले दिए निवेदन

Advertisement

काठमाडौँः जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ ।

भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै जिल्ला वन कार्यालयमा आवेदन दिनेको संख्या बढेको हो ।

असार ९ गतेदेखि आवेदन लिन शुरु गरेको जिल्ला वन कार्यालय काठमाडौँमा हालसम्म ४२१ जनाको निवेदन परेको कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले जानकारी दिए ।

“दैनिक तीन÷चारजना आउने गरेकामा अहिले दैनिक आठ÷दशजना मानिस काठ मागका लागि कार्यालय आउने गरेका छन्”, उनले भने ।

जिल्ला वन कार्यालयमा भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माणका लागि काठ नभएपछि जनताले दिएको निवेदन वन कार्यालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारीको रोहवरमा द टिम्बर कर्पोरेशन लिमिटेडमा पठाउने गरेको छ । कार्यालयमा आएको निवेदन संकलन गरेर १५१५ दिनमा टिम्बर कर्पोरेशनलाई पठाउने गरेको दाहालले बताए।

काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपुर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement