विश्वकै ठूलो 'कन्जुमर इलेक्ट्रोनिक शो'मा एलजीको 'रोलिङ टिभी' आकर्षण

Advertisement

एजेन्सीः अमेरिकाको लस भेगासमा जारी विश्वकै ठूलो उपभोग्य विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘कन्जुमर इलेक्ट्रोनिक्स शो (सीइएस)’मा एलजीको ६५ इन्चको पट्याउन मिल्ने (रोलिङ) ओएलइडी टिभी आकर्षण बनेको छ ।

भोलि शुक्रबारसम्म चल्ने चार दिने लस भेगास टेक शोमा एक कुनादेखि अर्को कुनासम्म राखिएको एलजीको यो टिभी विश्वकै पहिलो रोलिङ टिभी हो । पहिलो पटक प्रदर्शनीमा राखिएको नयाँ र फरक खालको टिभी भएकाले अवलोकनकर्ताको ध्यानाकृष्ट भएको हो ।

विश्वमा नाम चलेका विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स ब्राण्डहरुले आफ्ना आधुनिक उत्पादनहरुलाई प्रदर्शन गरिरहेको लस भेगास टेक शो को एक कुनादेखि अर्को कुनासम्म एलजीको रोलिङ टिभीहरु प्रदर्शनका लागि राखिएका छन् ।

फोके प्रविधिमा आधारित स्क्रिनको यस टेलिभिजन रोलअप नहुँदा उच्चस्तरको रेजोलुशनमा हेर्न र आनन्द लिन सकिन्छ । यस खालको स्क्रिन तत्काल बजारमा नदेखिए पनि अबको एक हप्ताभित्र यो खालको प्रविधिमा आधारित टिभी ल्याउने एलजीले प्रतिवद्धता जनाएको छ ।

lg-roalable-tvयसबाहेक, एलजीले टिभी प्रविधिको सीमालाई सन् २०१८ मा अझ परिस्कृत गर्दै ‘वान ह्याण्डी गाइड’मा आधारित टिभी स्क्रिनहरु बजारमा ल्याउने तयारीमा रहेको जनाएको छ । ओएलइडीदेखि एफएचडी प्रविधिका टिभीलाई वर्गीकृत गर्दै एलजीले यो बर्ष ग्राहकहरुको आशाअनुसारका टिभीहरु बजारमा ल्याउने बताएको छ ।

अब ल्याइने यस्ता टिभीहरुको अर्को महत्वपूर्ण विशेषता भनेको गुगल एसिस्टेन्ट र एमाजोन एलेक्सा सर्पोटमैत्री प्रविधिमा आधारित हुनेछन् । साथै, उपभोक्ताको बैठक कक्षको अवस्थाअनुसार ध्वनी अनुकुलित (भ्वाइस कन्ट्रोल स्मार्ट) हुने एलजीले स्पष्ट पारेको छ ।

एलजीको अर्को महत्वपूर्ण घोषणा भनेको एटके प्रविधिमा आधारित ८८ इच्चको ओएलइडी टिभी बजारमा ल्याउने तयारी पनि हो । योजनामा नभए पनि लस भेगास शो मा भने एलजीले यस टिभीलाई समेत प्रदर्शनीमा राखेको छ ।

ठूलो आकारका कारण यो रेडर्क ब्रेकिङ मात्रै नभएर यति सात हजार ६८० इन्टु चार हजार ३२० फिक्सेल रेजोलुशनको स्क्रिनका दृश्य हेर्नेको आँखामा छुट्टै आनन्दको महशुस मिल्नेछ ।

लस भेगास शो मा एलजीले प्रदर्शनमा राखेको अर्को टिभी हो सिग्नेचर सिरिजको एलजी ओएलइडी डब्ल्यु८ हो । यो टिभीमा यसअघिको उत्कृष्ट ओएलइडी डब्ल्यु७ को विशेषतामा भन्दा खासै परिवर्तन नभए पनि यसको स्क्रिन स्पष्ट रंगिन र चार प्रकारका एचडीआरयुक्त रहेको छ । साथै, यो टिभी गुगल एसिस्टेन्टमार्फत निर्देशित हुन्छ ।

लस भेगास कन्भेन्सन सेन्टरमा जारी विद्युतीय सामग्रीहरुको वृहत प्रदर्शनीमा रोलिङ टिभीदेखि नयाँ डिजाइनका स्मार्टफोन, अल्ट्रा थिन ल्यावटपले अवलोकनकर्ताको ध्यान खिचेको छ । मानिसहरुको खचाखच भीड देखिने प्रदर्शनीस्थलमा उत्कृष्ट उत्पादनहरुलाई पुरस्कृतसमेत गरिन्छ ।

lg-roalable-tv

Advertisement

Advertisement

Advertisement