गौचन हत्याका थप तीन सहयोगी पक्राउ

Advertisement

काठमाडौं: निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

काठमाडौँ परिसरका अनुसार पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सूर्य बाजी र सिरहाका श्याम गुप्ता रहेका छन् ।
परिसरका प्रबक्ता तथा प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको छ’, जोशीले भने ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्नेतसहित ७ जनालाई पक्राउ गरिसकेको छ । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा मृतक कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियाे ।

यसैबीच, परिसरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।

गाैचनकाे गत २३ असोजमा काठमाडौंमा गोली हानी हत्या गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement