प्रधानन्यायधीसको नागरिकता र शैक्षिक प्रमाणपत्र सक्कली नै भेटिए (हेर्नुहोस प्रतिलिपिहरु)

Advertisement

काठमाडौंः प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको विषयमा गम्भीर प्रश्न उठिरहेको बेला घटना र
बिचारले उनका ती प्रमाणपत्रका प्रतिलिपिहरु सार्वजनिक गरेको छ । स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीले उनका नागरिकता र एसएलसीको प्रमाणपत्र नक्कली रहेको भन्दै छानविन हुनुपर्ने माग गरेका थिए ।

केसीको मागकै आधारमा सर्वोच्च अदालतले समेत पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिाउन आदेश दिएको छ । पराजुलीका प्राप्त प्रमाणपत्रहरुमा नागरिकता अनुसार उनको जन्ममिति विसं २०१० वैशाख १६ गते भएको देखिएको छ । साथै, उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको र त्यसको नम्बर ४४१ रहेको देखिन्छ ।

यसबाहेक उनको अर्को नागरिकता नभेटिएको घटना र बिचारले दावी गरेको छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभई उमेर (२१) मात्र उल्लेख गरिएको थियो । सो प्रमाणपत्रको प्रतिलिपि लिँदा भने शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्ममितिलाई नै कायम राखिएको छ ।

त्यस्तै, पराजुलीले शारदा मावि चितवनमा दश कक्षासम्म अध्ययन गरेको र एसएलसी चाहिँ नेपाल राष्ट्रिय विद्यापिठ वीरगञ्जको भरतपुर केन्द्रबाट परीक्षा दिएर उत्तीर्ण भएको प्रमाणपत्र हेर्दा पुष्टि हुन्छ ।

यी प्रमाणपत्र हेर्दा पराजुलीको शेक्षिक प्रमाणपत्रहरुसमेत नक्कली हो भन्न सकिने आधार भेटिन्न । पराजुली स्वयमले पनि राजीनामा नदिई अडिग रहेको देख्दा उनलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कमजोरी नभएको आशाभ मिल्छ । उद्यपि डा केसीले मेडिकल माफियाको पक्षमा पराजुलीले काम गरेको वा संविधान तथा कानुनअनुसार फैसलाहरु गरको हो होइन भन्ने कुरा भने बहस र छाविनको विषय कायमै रहनसक्ने देखिन्छ ।

यस्ता छन् पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रहरु

Advertisement

Advertisement

Advertisement