साउदी महिला अब फुटबल प्रतियोगीतामा सहभागी हुन पाउने

Advertisement

रियादः साउदी अरबका महिलाहरु पनि अबका दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।

जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् । यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो ।

अब आफ्ना परिवारजनसँग फुटबल प्रतियोगिता हेर्न वा र प्रतियोगितामा सहभागी हुन पनि यहाँको सरकारले खुल्ला गरेको छ । हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई खुल्ला गरेको हो ।

रंगशालामा महिला दर्शकहरुका लागि छुट्टै प्रवेशद्धार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् ।

यस बर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ । साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवै भन्दा धेरै अनुदार मुलुक मानिन्छ ।

Advertisement

Advertisement

Advertisement