चारभन्दा बढी बच्चा जन्माए प्रोत्साहन रकम !

Advertisement

बीबीसी: भारतको उत्तर-पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ।

त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले यस्तो खालको कदम चालेको हो।

यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ।

मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन्।
न त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन्।

हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो।

Advertisement

Advertisement

Advertisement