चितुवाको छालासहित न्युरोडबाट तीन जना पक्राउ

Advertisement

काठमाडौंः प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई न्युरोडबाट पक्राउ गरेको छ । उनीहरुको गतिविधिमाथि संका लागेपछि चेकजाँच गर्दा झोला भित्र बोरामा प्याक गरेर राखेको अवस्थामा चितुवाको छाला बरामद भएको हो ।

पक्राउ पर्नेमा बैतडीका २५ वर्षिय महेशराज औजी, ३४ वर्षिय जनक महरा र २५ वर्षिय सुरेन्द्र दयाल रहेका छन् । उनीहरुले बिक्री गर्ने उद्देश्यका साथ चितुवाको छाला बोकेको खुलेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यलय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement