ओली र प्रचण्डबीच भेटवार्ता, भोलि पनि भेटवार्ता गर्ने सहमति

Advertisement

काठमाडौंः नयाँ सरकार गठनका लागि बाताबरण बन्दै गएको बेला गठवन्धन गरेर अघि बढेका दुई कम्युनिष्ट नेताहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ओली निवास भक्तपुरमा भेटवार्ता भएको हो ।

भेटमा दुई दलको कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको ओलीको सचिवालयले जनाएको छ । त्यस्तै, भेटमा प्रदेश सरकार गठनका बिषयमा पार्टी एकताका बिषयमा छलफल भएको जनाइएको छ ।

सरकार गठन र पार्टी एकताका विषयमा भोलि शनिबार पनि पुनः बैठक बस्ने सहमति गर्दै ओली र प्रचण्डले यस विषयमा थप गृहकार्य गरी छलफल गर्ने निष्कर्षमा पुगेका छन् । शनिबार ओली र प्रचण्डबीच छलफल भएपछि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement