पेले अस्पताल भर्ना होइन घरैमा आराम गर्दैछन् - प्रवक्ता

Advertisement

बीबीसी: विश्व फुटबलका महानायक तथा ब्राजिलका पूर्व कप्तान पेले अस्पताल भर्ना भएको हल्ला निराधार भएको जनाएको छ ।
पेलेका प्रवक्ता उनले उनी होस्पिटलमा नभई घरमै आराम गरिरहेको बताए ।

७७-वर्षीय पेले यसै हप्ता बेलायतमा फुटबल लेखक संघले आयोजन गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । हस्पिटल नभएर उनी आफ्नो डाक्टरको निगरानीमा मात्रै रहेको जनाइएको छ ।

पेले केहि वर्ष अघि आफ्नो मृगौला र प्रोस्टेट समस्याले हस्पिटल भर्ना भएका थिए । पेलेले आफ्नो खेल जीवनमा १९५८, १९६२ र १९७० मा लगातार तीन पटक बिश्वकप फुटबल जिताउन मुख्य भूमिका थियो ।

Advertisement

Advertisement

Advertisement