थापाथली प्रसुतिगृहको क्यान्टिनमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

Advertisement

काठमाडौंः राजधानीको थापाथलीस्थित प्रसुतिगृहको क्यान्टिनमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी भएको छ । ग्यास सिलिन्डरका कारण असुरक्षा बढीरहेका बेला थापाथलीमा एसीसी कम्पनीको सिलिन्डर विस्फोट भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट क्यान्टिनका सामग्री जलेका छन् । प्रसुतिगृह भित्र रहेको फायर डिस्पोजलले आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा आएको केही समयपछि घटनास्थलमा दमकल पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement