विभिन्न कार्यक्रमको साथ पाँचौं राष्ट्रिय पुस्तक दिवस मनाइयो

Advertisement

काठमाडौंः ‘पठन संस्कृतीको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि पाँचौं पुस्तक दिवस मनाइएको छ । नेपाल पुस्तक तथा स्टेस्नरी व्यावसायी महासङले राजधानीमा प्रभात फेरी तथा विचार गोष्ठिको आयोजना गरेको छ ।

महासङले आफ्नो स्थापना कालदेखिनै श्रीपञ्चमी विविध कार्यक्रमका साथ मनाउदै आएकोमा महासङकै पहलमा सरकारले पहिलो पटक यस वर्षदेखि श्रीपञ्चमीलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गरेको छ ।

कार्यक्रममा पुस्तक प्रकाशक, मसलन्द उत्पादक, वितरकदेखि खुद्रा व्यावसायी, सरकारका प्रतीनिधिहरुको समेत उपस्थिती रहेको थियो । महासङगले मर्यादित रुपमा पुस्तक तथा स्टेशनरी व्यावसायीलाई अगाडी बढाउदै राष्ट्र निर्माणमा टेवा पुरयाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

विचार गोष्ठिलाई सम्बोधन गर्दै शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले पुस्तक पढ्ने संस्कृतीको विकासमा महासङघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले पुस्तकहरु गुणस्तर युक्त र व्यावहारिक हुनुपर्नेमा जोड दिए ।

शिक्षा विद विद्यानाथ कोईरालाले अबको पुस्ताका लागि सरल र सहज शिक्षाका लागि इ-बुकको विकासमा ध्यान दिनुपर्ने बताए ।

पाँचौं पुस्तक दिवस कार्यक्रमका संयोजक तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासङका सचिव शिवसागर शर्माले विश्व बजारमा नेपाली पुस्तकहरुको वर्तमान अवस्था हेर्दा सो अनुरुपका सामग्री निर्माणमा प्रभावकारी ढंगले अग्रसर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने ‘अध्ययन र अध्यापन मानव सभ्यताको एउटा अविभाज्य हिस्सा रहदै आइरहेको छ । पुस्तक पठनको महत्वले दिनानुदिन नयाँ अन्तरर्दृष्टिको विकास हुनुका साथै अनुभुतीको परिवर्तनले गर्दा पाठकले आफुबाहिरको विश्व परिवेशलाई नजिकबाट जान्न निकै सजिलो भएको छ ।’

Advertisement

Advertisement

Advertisement