वार्षिकोत्सवको अवसरमा डिजिकमको २० प्रतिशत छुट

Advertisement

काठमाडौंः आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना प्रडक्टमा आकर्षक छुट दिने भएको हो ।

भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने जनाइएको छ । नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यान इन्फोटेकमा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना समेत गरेको छ ।

कार्यक्रममा चर्चित दीपकराज गिरि र दीपश्री निरौलाको सहभागिता रहेको थियो ।

डिजिकमले थपेका नयाँ तथा एडभान्स्ड प्रडक्टहरु यसप्रकार रहेका छन्ः
१. सीएटीभी प्रडक्ट
२. अप्टिकल फाइबर केबल
३. नेटवर्किङ केबल
४. कक्सिएल केबल
५. सीसीटीभी केबल
६. वायरलेस राउटर
७. सीसीटीभी सर्भेलेन्स प्रडक्ट
८. सर्ज प्रोटेक्टेड एकस्टेन्सन सकेट
९. टेलिफोन
१०. अप्टिकल फाइबर टूल्स

Advertisement

Advertisement

Advertisement