एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक विष्ट सम्मानित

Advertisement

काठमाडौंः योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषदले आयोजना गरेको २९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन सहयोग गरेको भन्दै परिषदले एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टका पदाधिकारीलाई सम्मान गरेको छ ।

एभरेष्टको सहयोग र सहभागीताको प्रशंसा र योगदानको कदर गर्दै कम्पनीका प्रवन्ध निर्देशक जंगबहादुर बिष्ट, कल्याण बिष्ट, देदिप्य रिमाल, सिद्घार्थनाथ रिमाल, श्रीरुस्तम दुलाल, केशव घिमिरेलाई ट्रष्टका अध्यक्ष तथा कार्यक्रम सयोंजक शंकर पौडेलले एक कार्यक्रमबीच सम्मान गरेका हुन ।

बिस २०६३ साल देखि निरन्तर देशभरी नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै आएको कुरा योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषदका अध्यक्ष पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement