काँग्रेस वरिष्ठ नेता पौडेलका ज्वाईंको अल्पायुमै निधन

Advertisement

काठमाडौंः काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका ज्वाईंको अल्पायुमै सोमबार राति निधन भएको छ । खाना खाने क्रममा सर्किएपछि अचत भएका पौडेलका जेठा ज्वाईं माधव खनालको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा निधन भएको हो ।

भरतपुर निवासी ४८ बर्षीय खनालका दुई छोरा र एक छोरी छन् । एक छोरा अध्ययनका लागि भारतमा भएकाले र छोरी अमेरिका रहेकाले उनीहरु आएपछि मात्रै बुधबार बिहान अन्त्यष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय खनाल पौडेलकी जेठी छोरी शर्मिला खनालका श्रीमान हुन ।

स्वर्गीय खनालका बाबु वामदेव खनाल काँग्रेसका क्रियाशील सदस्य छन् । परिवारसँग बस्दै आएका मिलनसार एवं सादा जीवन बिताउने स्वर्गीय खनालको मृत्युले पौडेल र खनाल परिवार शोकमा परेको छ ।

यता पौडेल पुत्र चिन्तन घाँटीको इन्फेक्शनका कारण अस्पताल भर्ना भएका छन् । उनी घाँटीमा समस्या आई बोल्न नमिल्ने भएपछि चिकित्सकहरुको सल्लाहमा त्रिवि शिक्षण अस्पताल सोमबार भर्ना भएका हुन ।

Advertisement

Advertisement

Advertisement