नामिबियासँग इतिहाँसको खेलमा नेपाल हाबी, आजको खेलपनि जित्ने पारसको दाबी

Advertisement

काठमाडौंः अफ्रिकी देश नामिबियामा आजदेखि आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिता हुँदैछ । प्रतियोगिताको शीर्ष दुईमा अटाउने टोली जिम्बाबेमा हुने आइसीसी एकदिवसी क्रिकेट विश्वकपको छनोटमा सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा छ देशले एकआपसमा प्रतिश्पर्धा गर्ने छन् । उनीहरु सबैको मुख्य लक्ष्य शीर्ष दुईमा अटाउनु हुनेछ । प्रतियोगिताकै पहिलो आज (विहीवार)को खेलमा आयोजक राष्ट्र नामिबिया र नेपाल आमने सामने हुँदै छन् ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेदेखि डब्लुएपी क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलीले एक साता युएईमा अभ्यास गरेको छ भने आयोजक टोलीले दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो । नेपाल आइतवारनै नामिबिया पुगेर दुई दिन स्थानिय मैदानमा अभ्यास गरेको छ ।

नेपालका प्रशिक्षक जगत टमाटाले सबै खेलाडीहरु फिट रहेकाले घरेलु टोलीलाई कडा टक्कर दिने बताए । कप्तान पारस खड्काले आइसीसी विश्वकप भन्दा नेपाल मात्र दुई कदम पछाडी रहेकाले आफुहरु प्रतियोगिता खेल्न उत्साहका साथ तयार रहेको बताए । उनले आइतवारको खेलमा आयोजकलाई पराजित गर्न सकेमा खेलाडीको मनोबल उच्च हुने बताए ।

प्रतियोगितामा आजै युएई र केन्या र क्यानडा र ओमानबीचको खेल हुनेछ ।

Advertisement

Advertisement

Advertisement