नेपाल भर्सेस युएईः ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपाल फिल्डिङ गर्दै

Advertisement

काठमाडौंः वर्षाले प्रभावित आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाल युएईबिचको खेल नामिबियाको सुरु भएको छ । ढिलो गरि सुरु भएको खेललाई ५० ओभरबाट ३४ ओभरमा घटाइएको छ ।

मैदान भिजेपछि खेल ढिलागरि सञ्चालन गरिएको हो । खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल नेपाली समय अनुसार सवा ४ देखि खेलाइएको छ ।

नेपाल भर्सेस युएईः मैदान भिजेको कारण खेल अनिश्चित

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाल र युएईबिचको खेल अझै सुरु हुन सकेको छैन । दिउँसो सवा १ बजेदेखि सुरु हुृनुपर्ने खेल मौसम खराबीका कारण ढिलाई भएको हो ।

विन्डहोक क्रिकेट मैदान भिजेकाले खेल खेलमा ढिलाई आएको छ । आज खेल हुने वा नहुने अझै टुंगो लागेको छैन । खेल सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा अबको केही समयमा निर्णय गर्ने बताइएको छ ।

तर, अहिले मैदानमा घाम लागेको र मैदान सुकाउन लागिएको जनाइएको छ । घाम लागेपनि खेल सुरु हुने समय अझै अनिश्चित छ । अहिलेसम्म टस पनि गरिएको छैन् ।

Advertisement

Advertisement

Advertisement