नेपाल गरिव हुनै नहुने, व्यवस्थापन गतिलो नभएर गरिव भयो, अब हुँदैनः केपी ओली

Advertisement

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले संविधानलाई सबैले स्वीकारेको बताएका छन् । संविधानसभाले संविधान जारी गर्दाको समय केही विमतिहरु भएपनि अब त्यस्तो अवस्था नरहेको भन्दै ओलीले संविधान संशोधन जरुरी नरहेको संकेत गरेका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)को ३७औं साधारणसभामा ओलीले संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने, हार्ने भएपछि अब संविधानको सर्वस्वीकार्यतामा कुनै दुविधा नरहेको बताए । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत भएर आफूलाई भेटन आएकी सुश्मा स्वराजलाई भेटेको ओलीले संविधान संशोधनको जरुरी नरहेको संकेत गरेका हुन् ।

उनले भने, ‘संविधानलाई अब सबैले सहजताका साथलिएका छन् । यसमाअबकुनै दुविधा छैन ।’ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगको भन्दै ओलीले थपे ‘नेपालको राजनीतिक संक्रमणकाल लगभग टुंगियो । त्यसैले अब विकास र समृद्धिको बाटोमा हामी अगाडी जान्छौं ।’

विकास र समृद्धिका निम्ती स्थायीत्व र स्थीरता आवश्यक पर्ने भएकोले जनताको यो अपेक्षालाई पूरा गर्न आफुहरु प्रतिवद्ध रहेको उनले भने । ओलीले भने, ‘हामी उत्पादन र उत्पादकत्व वितरणमा मात्र ध्यान दिँदैनौ यसको समुचित वितरणमा समेत चनाखो रहन्छौं ।’

कार्यक्रममा लामो समय दिएका उनले संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल हुने गरी राखेका १७ वटा दिगो विकास लक्ष्यलाई पुरा गर्न नेपालले द्रुतत्तर गतिमा दिगो विकास लक्ष्य राख्नुपर्ने बताए । यो लक्ष्य हासिल गर्न गरिबी मुख्य चुनौति रहेको ओलीको भनाइ छ ।

उनले आजको दुंनियाको मुख्य चुनौति भनेको गरिबी निवारण भएकोले त्यसको निवारणतर्फ जानु आवश्यक रहेको बताए । नेपालमा स्रोत र साधनको अभाव नभए पनि त्यसको उचित व्यवस्थपन नहँदा नेपाली गरिब हुनु परेको ओलीले बताए ।

समृद्धिका लागि सामाजिक ,आर्थिक ,राजनैतिक व्यवस्थापन आवश्यक भएको बताउँदै ओलीले भने, ‘नेपाल गरिब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेको छ । तर अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपूरो हुदैन ।’ आफूले लोकतन्त्र, कानुनी शासन, सुशासन र आवधिक निर्वाचन जस्ता कुरामा कहिल्यै सम्झौता नगर्ने अउनले बताए ।

Advertisement

Advertisement

Advertisement