दैलेखमा भएको जीप दुर्घटनामा परी चारको मृत्यु, तीन घाइते

Advertisement

काठमाडौंः दैलेखको ओखरेनीढुङगामा बोलेरो डबल क्याप जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका दैलेख प्रहरीले जनाएको छ ।

लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयबाट थप प्रहरी घटना स्थलतर्फ गएको छ ।

घटनाबारे थप विवरण आएको छैन् ।

Advertisement

Advertisement

Advertisement