टिचिङमा रेन वाटर हार्भेस्टङ र ग्राउण्ड वाटर रिर्चाज प्रविधि जडान

Advertisement

काठमाडौंः बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम टिचिङ हस्पिटलमा हस्तान्तरण भएको छ । उक्त हस्तान्तरण कार्यक्रम फागुन १४ गते स्मार्ट पानी बोर्टलसले गरेको हो ।

सामाजिक अभियान मार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका(कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनको निम्ती निरन्तर काम गर्दै आएको छ ।

त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलका निर्देशक प्रोफेसर डा दिपकप्रकाश महराले पहिलो आर. डब्लु. एच र जि .डब्लु. आर योजना टिचिङबाट सुरु गर्न पाएकोमा कम्पनी प्रति आभारी रहेको बताए । उनले यो सिस्टमले हस्पिटलको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए ।

स्मार्ट पानी प्रालिका प्रबन्ध निर्देशक सुमन शाक्यले ती आठ वटा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टम त्रिभुवन युनिर्भसिटि टिचिङ हस्पिटलसँग कोकाकोलाको सहकार्यमा संचालन गर्न पाउँदा खुसी लागेको बताए । उनले धेरै संस्थाहरुले यो प्रविधिलाई कार्यन्वयनमा लैजानु पर्नेमा जोड दिए ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले सामाजिक कार्यप्रति प्रतिबद्ध रहेर विश्वभर नै कोकाकोलाले यस्ता सामाजिक कार्य गर्दै आएको बताए । उनले अहिले पानीको समस्या समाधानकोलागि सृजनसिल समाधानको खोजीमा विश्व लागिपरिहेको बताए

Advertisement

Advertisement

Advertisement