सिजी मोबाइल्सले ल्यायो नयाँ स्मार्टफोनहरु– ओमेगा ३ र ब्लेज एन, मूल्य आठ हजारभन्दा सस्तो

Advertisement

काठमाडौंः चौधरी समूहअन्तर्गतको सिजी मोबाइल्स प्रालिले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ ।

ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ, जसको मूल्य जम्मा सात हजार ८४९ रुपियाँ मात्रै रहेको छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रिन टू बडी रेसियो छ जसले प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ओमेगा ३ यो सेगमेन्टको पहिलो स्मार्टफोन हो, जसमा १८ः९ इन्फिनिटी डिस्प्ले राखिएको छ । ड्यूल सिम भएको ओमेगा ३ नगेट ७.० मा आधारित रहेर संचालन हुन्छ । यसमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर छ । यो प्रोसेसर १ जीबी र्यामका साथमा आउँछ ।

क्यामरातर्फ हेर्दा, ओमेगा ३ मा पाँच मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि अग्रभागमा २ मेगापिक्सेलको ड्यूल फ्ल्याशसहितको क्यामरा छ । स्टोरेजका लागि ओमेगा ३ मा ८ जीबीको आन्तरिक स्टारेज छ, जसलाई माइक्रो एसडी कार्डको साथमा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

कनेक्टिभिटीका लागि थ्रीजी कनेक्टिभिटी, ब्लूटूथ, जीपीएस र एफएम रहेको छ । ओमेगा ३ को तौल १६३ ग्राम छ, जसमा दुई हजार तीनसय एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

यो स्मार्टफोनमा यूएन पपुलेसन फण्डको सहकार्यमा, युवा पुस्ताको लागि निकै उपयोगी मोबाइल एप खुल्दुली एप बिल्ट इन गरिएको कम्पनीले जानकारी दिएको छ । यो मोबाइल एप यौनिक तथा प्रजनन स्वास्थ्य र नेपालमा किशोरहरुको अधिकार प्रबद्र्धन गर्नका लागि उपयोगी रहेको जनाइएको छ ।

त्यसैगरी, उनीहरुको स्वास्थ्यको बारेमा सही सूचना सम्प्रेषण गर्दै स्वस्थ्य जीवनशैली उपयोग गर्न सहयोग गर्दछ । यो एप अफलाइन रहेर पनि प्रयोग गर्न सकिन्छ, जून यसको अर्को फाइदा हो ।

अर्को स्मार्टफोन, ब्लेज एन ड्यूल सिम ह्याण्डसेट हो । यो एन्ड्रोयड नगेट ७.० भर्सनमा सञ्चालन हुन्छ । यो फोन १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसरका साथमा १ जीबीको र्यामसहित आउँछ । क्यामराका लागि ब्लेज एनमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

स्टोरेज र कनेक्टिभिटीतर्फ ब्लेज एन ओमेगा ३ को जस्तै फिचरहरु छन् । ब्लेज एन स्मार्टफोन बजार मूल्य सात हजार ३४९ तोकिएको छ । दुवै स्मार्टफोनहरु गुगलद्वारा प्रमाणित एन्ड्रोयड प्रणाली उपलब्ध छ । कम्पनीका अनुसार फोनहरु देशभरि नै उपलब्ध छन् । सिजी मोबाइल्सका देशभर सर्भिस सेन्टरहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement