माइडियाको आधुनिक चेष्ट फ्रिजर नेपाली बजारमा, के छन् विशेषता ?

Advertisement

काठमाडौं । विश्वप्रसिद्ध उपकरणहरु उत्पादक कम्पनी माइडियाको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आधुनिक क्षमताको चेन्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ । 

कुल ५०८ लिटर क्षमताको यो फिजरमा माइनल २४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुरालाई स्वच्छ र ताजा राख्न सहयोग गर्ने सिजी इलेक्ट्रोनिक्सको भनाई छ ।

Advertisement

माइडियाको चेष्ट फ्रिजरको ‘फाइभ साइड कुलिङ सिस्टम, डी प्ल्स, क्विक फ्रिजिङ सिस्टम, डी–सेप्ड रेफ्रिजिरेटिङ ट्युब प्लसमेन्ट, टू वे युनिफर्म रेफ्रिजिरेसन टेक्नोलोजीको मद्दतले छिटो र प्रभावकारी चासोपनलाई सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।

सिजीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यसले गुणस्तरमा कुनै सम्झौता नगरी  फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहन्छ भन्ने ग्यारेन्टी दिन्छ साथै उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकताहरू पूरा गर्न अत्याधुनिक  सुविधाहरू  रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्दछ ।’  

माइडियाको ५०८ लिटरको चेष्ट फ्रिजरले पर्याप्त सामान भण्डारण गर्न सहज हुने, भित्र भएको एलईडी लाइटले उपभोक्तालाई कम उज्यालो अवस्थामा पनि सहज बनाउने, कार्यक्षता मात्रै नभएर डिजाइन पनि उत्कृष्ट रहेको बताउँदै सिजीले यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र नबढाएर स्थिर तापक्रम पनि कायम राख्ने, परिणामस्वरूप ऊर्जा खपत कम हुने बताएको छ । 

मोइडियाको चेष्ट फ्रिजरमा पाँच बर्षको वारेन्टी छ । माइडियाका ९९ लिटर, १४३ लिटर, १९८ लिटरका फ्रिज उपभोक्ताको बढी रोजाईमा पर्ने गरेको देखिन्छ । नेपाली बजारमा माइडियाका चेष्ट फ्रिजरबाहेक मल्टी डोर रेफ्रिजिरेटर, साइड बाई साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रियर, वासिङ मेसिन, फ्यान हिटर, ओएफआर हिटर लगायतका सामग्री छन् । 

Advertisement

Advertisement