नेपाल पेमेन्ट ‘खल्ती’ एन्ड्रोइड एपको प्रयोगकर्ता तीन लाख बढी

Advertisement

काठमाडौंः नगद विनानै मोबाइलबाट भुक्तानी गर्न सकियोस भन्ने उद्देश्यका साथ २०१७ को जनवरीबाट सुरु भएको ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनको एन्ड्रोइड डाउनलोड संख्या एक लाख नाघेको छ । ‘रिफर गनुहोस, खल्ती भर्नुहोस’ भन्ने मुल नाराका साथ खल्ती एप सञ्चालनमा आएको हो ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले आफ्ना साथि वा आफन्तलाई यो एप प्रयोग गर्न रिफर गरेबापत पाँच हजार रुपियाँ प्रापत गर्न सक्नेछन् । साथै, खल्तीले एन्ड्रोइड एप जस्तै आइओएस एप र वेब भर्सनमा पनि राम्रो रेस्पोन्स पाइरहेको कम्पनीले जनाएको छ ।

एक वर्ष र एक महिनाको अवधिमा यस्तो उपलब्धी हासिल गर्नु ठुलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनीष मोदीले बताए । उनले यो आफुहरुले सोचेभन्दा धेरै ठुलो रेस्पोन्स भएको र यती छोटो समयमा नै प्रयोगकर्ताहरुले खल्ती एप मनपराइदिन्छन् भन्ने आशा नगरेको बताए ।

उनले यसअघि सायदै कुनैपनि एप सोसल मिडियामा यसरी भाइरल भएको भन्दै यो उपलब्धीसँगै पैसा विनाको नेपालको सपना सफल भएको बताए । कम्पनीले आगामी दिनमा उक्त एप अझै चर्चित हुनेमा विश्वास रहेको बताएको छ । साथै, कम्पनीले युवा माझ यती छोटो समयमा यो एप लोकप्रिय हुनु डिजिटल युगको सुरुवात भएको जनाएको छ ।

खल्तीले मोबाइल रिचार्ज, बिजुली र पानिको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्मको टिकट, प्लेनको टिकट, होटेलको रुम बुकिङ लगाएतका सेवा उपलब्ध गराइरहेको छ । हाल खल्तीको प्रयोगकर्ता तीन लाख भन्दा बढीको सङख्यामा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement