सिटिजन लाइफको पुल्चोकमा नयाँ शाखा, चाँडै ७५ करोडको साधारण सेयर निष्काशन

Advertisement

ललितपुरः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आइतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे शाखाको उद्घाटन गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए । शाखा विस्तारले जनमानसमा बीमाको पहुँच वृद्धि गर्न सहयोग हुने कम्पनीको भनाई छ ।

पुल्चोक शाखासँगै कम्पनीको नेपालभर ३५ शाखा कार्यालय पुगेको छ । त्यसबाहेक चार वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरुमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट सेवा प्रदान गर्ने जनाएको छ । सिटिजन लाइफको संस्थापकबाट ७० प्रतिशतले हुने रकम एक अर्ब ७५ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपियाँको साधारण शेयर जारी गरी पुँजी दुई अर्ब ५० करोड पुर्याउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement