जोर्डनमा घरेलु कामदार पठाउने बाटो खुल्यो

Advertisement

काठमाडौँ: वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् ।

‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’

Advertisement

Advertisement

Advertisement