छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्याब्सन ललितपुर अध्यक्ष कार्की पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले आफ्ना स्कुलको होस्टेलमा बस्ने छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्कीलाई पक्राउ गरिएको छ ।

उनी ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक हुन् ।

कार्कीलाई स्कुलको होस्टल बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले गरेपछि शुक्रबार राती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कार्कीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement