'आइसीसी' ले पहिलो पटक गर्यो नेपाली भाषामा ट्विट, यस्तो छ कारण

Advertisement

काठमाडौँ: विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आधिकारिक ट्विटरबाट शनिबार अपरान्ह नेपाली भाषामा पहिलो पटक ट्विट गरिएको छ।

उक्त ट्विटमा पहिलो शव्द 'नमस्ते नेपाल' लेखिएको छ भने त्यसमा नेपालको राष्ट्रिय झन्डासमेत राखिएको छ । उक्त ट्विटमा नेपालका स्पिन बलर सन्दीप लामिछानेको भिडियो राखिएको छ जसमा उसले नेपाली भाषामा बोलेका छन्।

आईसिसीले यसो गर्नुमा हालै नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि उसको अकाउन्ट ७९ लाख फलोअर पुगेसंगै यो ट्विटर ह्यान्डलको हेडरमा समेत नेपालको राष्ट्रिय क्रिकेट टोलीको तस्बिरसमेत राखिएको छ । यसै ट्विटर ह्यान्डलबाट नेपालका राष्ट्रिय टोलीका कप्तान पारस खड्काको भिडियो पनि अपलोड गरिएको छ।

यस्तो छ आइसीसीको ट्विटको ह्याण्डल

Advertisement

Advertisement

Advertisement