गृहमन्त्रीको त्रि.अ. विमानस्थलमा छड्के निरीक्षण, भेटिएनन अधिकांश कर्मचारी

Advertisement

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेको अध्यागमनको आज छड्के निरीक्षण गरेका छन् ।
सो क्रममा अध्यामगनको यात्रुहरु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकता अनुसार १५ जनासम्म कर्मचारी खटिने गरेपनि कम्तिमा १० जना कर्मचारी दिउँसोको समयमा खटिनुपर्ने प्रवाधान रहेको छ ।

निरीक्षणको क्रममा चार जनामात्रै भेटिएपछि गृहमन्त्री बादलले अन्य कर्मचारी खै भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा त्यहाँ उपस्थित कर्मचारीले तीन जना कर्मचारी खाजा खान गएको जवाफ दिएका थिए ।

सो लगत्तै गृहमन्त्रीले अनुपस्थित कर्मचारीहरुको विवरण लिएका थिए । अनुपस्थित कर्मचारीहरुलाई तत्कालै कारवाही प्रक्रिया अगाडी बढाईने गृहमन्त्रीले बताएका छन् ।
यस्तै गृहमन्त्री बादलले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसि टिभी क्यामेरा अनुगम डेस्क लगायतका विषयमा समेत जानकारी लिएका थिए ।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशिल हुन र सुरक्षा व्यवस्था कडा पार्न विमानस्थलका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री बादलले विमानस्थल र अध्यागमन सुधारलाई आफुले प्राथमिकतामा राखेको बताए ।

उनले यसभित्रका गलत प्रवत्तिबारे आफु जानकार रहेको भन्दै त्यस्ता प्रवृत्तीहरु अब कारवाहीको दायरमा आउने स्पष्ट पारे ।

यहाँबाट मानतस्करी देखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको भन्दै त्यो सञ्जाललाई आफुले ताड्ने गृहमन्त्रीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement