एनआइसी एसिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको अग्रिम भुक्तानी, अरु पनि सुविधा

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हितको लागि भन्दै उक्त खाता सञ्चालनमा ल्याएको हो ।

“बैंक पनि, साथी पनि” भन्ने नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एनआइसी एसियाको यस यँेजनाअन्तर्गत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोले कै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी एनआइसी एसिया बैंकमा रहेकोे आफ्नो कुनै पनि बचत खातामा भुक्तानी पाउन सकिने छ ।

यस मुद्दती योजनाअन्तर्गत मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने जनाइएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्नसक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोगसमेत गर्न सकिने छ ।

साथै, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको पाँच लाखसम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने, त्यस्ता ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पूर्ण अतुलनीय विशेषताहरुबाट समेत लाभ लिनसक्ने छन ।

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको विशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सीमित अबधीका लागि मात्र सञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाउन बैंकले आगह गरेको छ ।

एनआइसी एसिया बैंकको मुलुकभर १८५ शाखा र १८८ एटिएमसहित निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढि शाखा सञ्जाल तथा एटिएम भएको बैंक बन्न सफल भएको छ । त्यसबाहेक बैंकको चार वटा एक्स्टेन्सन काउन्टर, तीन वटा ब्रान्चलेस बैंकिङ युनिट र पाँच हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टमार्फत बैकिङ सेवा प्रदान गर्दै आएको यस बैंकको ग्राहक संख्या १० लाखभन्दा छ ।

Advertisement

Advertisement

Advertisement