नेपालको सार्वभौमसत्तालाई अवमूल्यन नगर्न इयुलाई ओलीको चेतावनी

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन (इयु)ले सार्वजनिक गरेको विवास्पद प्रतिवेदनविरुद्ध कडा टिप्पणी गर्दै नेपालको सार्वभौमसत्तालाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । इयुले सञ्चालन गरेको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारलाई खस र आर्यको आरक्षण हटाउन सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले अनुगमनका नामका नेपालमा धर्मप्रचार गर्नेलाई सरकारले फिर्ता पठाएकाले घुमाउरो पारामा इयुले त्यसको बदला लिन प्रतिवेदन ल्याएको बताए । आइतवार विहान राजधानीमा बोल्दै उनले प्रतिवेदन प्रतिवेदनजस्तो हुनपर्ने भएकाले बदला लिनको लागि हुन नहुने बताए ।

प्रधानमन्त्री ओलीले संविधान नेपालको ठुलो उपलब्धी भएकाले त्यसको अवमूल्य नर्गन चेतावनी दिँदै इयुको प्रतिवेदन नेपाललाई हेप्ने गरी आएको बताए । राष्ट्रिय निर्वाचन पर्यवक्षण समिति (नियोक)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले गरेको विरोधपछि सच्याउला भनेको तर हेप्दै गएको बताए ।

उनले इयुको प्रतिवेदनले नेपालले हासिल गरेको प्रजातान्त्रिक उपलब्धिमाथि प्रश्न गर्न खोजेको बताए ।

Advertisement

Advertisement

Advertisement