नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने ह्वात्तै घट्यो

Advertisement

काठमाडौंः केही दिनयता घटबढ भइरहेको सेयर बजारमा बिहीबार सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ भने कारोबार रकममा भने गिरावट भएको छ ।

नेप्से १५ दशमलव ४८ अंकले बढेर एक हजार २२० दशमलव २९ अंक कायम भएको छ । अघिल्लो दिनहरुमा ५० करोड रुपियाँको सेयर किनबेच भएकोमा आज घटेर ३८ करोड रुपियाँमा सीमित भएको छ ।

व्यापार र अन्य समूहका उपसूचकहरु ओरालो लागे पनि बाँकी समूहमा भने सुधार आएको छ । वित्तीय क्ष्क्षेत्रका कम्पनीहरुदेखि जलविद्युत कम्पनीका लगानीकर्ताले आज राम्रै कमाई गरेका छन् ।

सबैभन्दा बढी बीमा समूहको उपसूचक ६६ दशमलव ३५ अंकले बढेको छ भने जलविद्युत समूहको ४१ दशमलव छ अंकले, विकास बैंकको २० दशमलव ४५ अंकले, लघुवित्त समूहको १९ दशमलव ९९ अंकले वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement