हुण्डाईको गाडी किन्दा ३१ लाखको अर्को गाडी पाए यी दुई भाग्यमानीले

Advertisement

काठमाडौंः हुण्डाई कम्पनीको गाडी किन्दा कन्काई आयल सप्लायर्सका पवनदेवले र सुशनप्रसाद अधिकारीले हुण्डाईले सञ्चालन गरेको बम्पर उपहार पाएका छन् । पन्तले ३१ लाख रुपियाँ पर्ने एक्ससेन्ट एस गाडी र अधिकारीले पनि समान ३१ लाख रुपियाँ पर्ने आई २० म्याग्ना बम्पर उपहारको रुपमा पाएका हुन् ।

एक्ससेन्ट एस पाउने पन्तले हुण्डाईको क्रेटा गाडी किनेका थिए भने अधिकारीले इलाइट आइ २० गाडी किनेका थिए । उनीहरुले हुण्डाई कम्पनीको नेपालको आधिकारिक विक्रेता ल्क्ष्मी इन्टरकन्टिनेन्टलले दर्शैतिहामा ल्याएको योजनाको पुरस्कार पाएका हुन् ।

कम्पनीले विहीवार गाडीका विजेता पन्त र अधिकारीका साथै उक्त योजनाका अन्य विजेताहरुलाई पनि पुरस्कार प्रदान गर्यो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल लगायतले विजेतालई पुरस्कार दिए ।

साथै, हुण्डाईले सञ्चालन गरेको योजना अन्तर्गतका १० जना विजेताले दुवैको भ्रमण गर्ने अवसर पाएका छन् ।

Advertisement

Advertisement

Advertisement