जनता बैंकको सुपर एजेन्टमा जीएमई

Advertisement

काठमाडौंः जनता बैंकले आफ्ने ‘जनता रेमीट’को सुपर एजेन्टमा जीएमई रेमिटलाई नियुक्त गरेको छ । सुपर एजेन्टको संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरेका हुन् ।

सम्झौतापछि ‘जनता रेमिट’बाट पठाएको पैसा जीएमई रेमिटको एजेन्ट र शाखाबाट झिक्न मिल्ने छ । साथै, जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

जिएमई रेमिटको देशभरी सात हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् । जनता बैंकले देश भरीका एक सय ८ शाखा तथा ३३ शाखारहित बैंकिङ्गबाट रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement