टी-२० विश्वकप छनौटको सहज समूहमा नेपाल

Advertisement

काठमाडौं: नेपाल २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप छनोट प्रतियोगिताको सजिलो समूहमा परेको छ । अनतर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले हिजो (शुक्रवार) सार्वजनिक गरेको तालिका अनुसार नेपाल टी-२० विश्वकप छनोटको चरण पार गर्न सहज समूहमा परेको हो ।

आइसीसीले ‘ले द रोड आफ वल्र्ड टी २० अष्ट्रेलिया २०२०’ सार्वजनिक गरेको छ । उक्त आइसीसीको तालिका अनुसार नेपाल विश्वकपमा आफ्नो स्थान बनाउन तीन चरणका छनौट पार गर्न पर्छ ।

जसअन्तर्गत पहिलो चरणमा एसियन कप छनौट प्रतियोगिताको समूह बीमा परेको छ भने दोस्रोमा एसियन फाइनल छनौट र तेस्रो चरणमा विश्वकप छनौट प्रतियोगिता । विश्वकप छनौटमा एसियाका १३ देशलाई आइसीसीले दुई समूहमा विभाजन गरेर छनौट खेलाउने छ ।

छनौटको समूह ‘ए’मा कुवेत, साउदी अरेबिया, यूएइ, बहराइन, माल्दिभस र कतार रहेका छने । यस्तै समूह ‘बी’मा  नेपाल, मलेसिया, सिंगापुर भुटान, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

समूह एको छनोट अक्टोवर ३ देखि १२ सम्म मलेसियामा चल्ने छ । छनोटबाट दुवै समूहको शीर्ष ३ स्थानमा अटाउने टोलीले एसियन फाइनलमा स्थान बनाउने छन् । एसियन फाइनल छनोटको छ टोलीबाट शीर्ष दुईमा अटाउने टोलीले विश्वकप छनोट खेल्ने छन् ।

Advertisement

Advertisement

Advertisement