इटालियन मोटरसाइकल ब्राण्ड डुकाटी नेपाली बजारमा, मूल्य नै ४७ लाख पर्ने

Advertisement

काठमाडौंः इटालियन मोटरसाइकल ब्राण्ड डुकाटीको पानीगेल भि फोर बाइक नेपाली बजारमा भित्रिएको छ। भारतमा बिक्री सुरु नहुँदै टर्वो मोटर्स प्रालिले यो बाइक नेपालमा बिक्री सुरु गरेको हो ।

सिलीन्डर इन्जिन जडान गरिएको यो बाइकमा छ वटा गियर रहेको छ । डबल सिट भएको १६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो र कर्भ वेट एक सय ९८ किलो रहेको छ।

भि फोरको हाइट ५७ दशमलव ८ इन्च रहेको छ। हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने यस बाइक एक हजार एक सय सीसी क्षमताको रहेको छ ।

Advertisement

Advertisement