महिला तथा पुरुष भलिबल प्रतियोगिता उपाधि सित्तडलाई

Advertisement

बैतडीः जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ ।

चनैराज खेलमैदान देउलेकमा आज सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३ श्रीकोटलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले उपाधि जितेको हो । यस्तै पुरुषतर्फ वडा नं १ रीमलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले नै उपाधि जितेको हो ।

उपाधिसँगै वडा नं ६ को महिला र पुरुषको टीमले समान ५१ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ दोस्रो भएको वडा नं ३ श्रीकोटले ३० हजार रुपियाँ, तृतीय भएको वडा नं ४ श्रीकेदारले २० हजार रुपियाँ र सान्त्वना स्थान प्राप्त गरेको वडा नं ८ कटौजपानीले १० हजार प्राप्त गरेको छ ।

यसैगरी पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने वडा नं १ रीमले ३० हजार रुपियाँ, तृतीय हुने वडा नं ८ कटौजपानीले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने वडा नं २ ले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement