पाकिस्तामा भेटियो २३ सय वर्ष पुराना प्राचिन बुद्धका मुर्ति

Advertisement

एजेन्सीः मुस्लिम बहुल देशको उत्तर पश्चिममा अवस्थित पख्तुनख्वाह जिल्लामा गौताम बुद्धका २३ सय वर्ष पुराना मुर्तिहरु फेला परेका छन् । उक्त मुर्तिहरु रहेको स्थान भामला स्तुप सन् १९२९ मा बेलायतका पुरातत्वविद् सर जोन मार्शलले पत्ता लगायका थिए ।

मुर्ति फेला परेपछि पुरातत्वविद्हरुले ती मुर्तिहरु करिब २३ सय वर्ष पुरानो भएको बताएका छन् । मुर्ति भेटिएको मुस्लिम बहुल क्षेत्रमा तत्कालिन समयमा बौध धर्मावलम्बीहरुको बाहुल्यता रहेको थियो । उक्त प्रचिन स्थलमा पाँच सयभन्दा बढी बौध धर्म सम्बन्धी वस्तुहरु फेला परेका छन् ।

भेटिएका मुर्तमध्ये एउटा मुर्तिको मात्र टाउको सकुशल रहेको छ । भेटिएका मुर्तिहरु गैर इस्लामिक मुर्ति मानिने गर्छ । इस्लामका अनुसार त्यस क्षेत्रको मान्यतामा गैर मुस्लिम मुर्तिको टाउको छुट्याउनु महान काम मानिन्छ ।

भामलामा १४ मिटर लामो बुद्धको सुतिरहेको मुर्तिको अवशेष पनि रहेको छ । उक्त मुर्ति तेस्रो सताब्दीमा निर्माण गरिएको पुरातत्वविद्हरुले बताएका छन् । उनीहरुले त्यो मुर्ति सबैभन्दा पुरानो भएको बताएका छन् ।

पख्तुनख्वाह जिल्लाको पुरातत्व विभागले २०१२ देखि त्यस क्षेत्रमा उत्खनन सुरु गरेको थियो । उत्खनन् सुरु भएदेखिनै त्यस क्षेत्रमा मुर्तिहरु भेटिएका थिए । त्याँहा १४औं सताब्दीको समयमा मठ मन्दिर र स्तुपाहरुको निर्माण गरिएको अनुमान गरिएको छ ।

भारतमा आक्रमण गर्न आउँदा त्याँहा भएका मठ र स्तुपाहरु भत्काइएको हुन सक्ने बताइएको छ । भमला स्तुपालाई युनेस्कोले विश्व सम्पदा सूचिमा सुचिकृत गरेको छ । भेटिएका मुर्तिलाई फरक फरक संग्रालयमा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement