गण्डकी विकास बैंकको १०औं वार्षिक साधारण सभा पोखरामा

Advertisement

काठमाडौंः गण्डकी विकास बैंकको १० औं वार्षिक साधारण सभा जेठ २५ गते होटल पोखरा ग्राण्ड पार्दि विरौटामा हुने भएको छ । बैंकले वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकमा सो निर्णय गरेको हो।

गण्डकी विकास बैंकले साधारण सभाको प्रस्तावमा १९ दशमलव ०६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ ८ गतेदेखि २५ गतेसम्म बन्द रहने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement