सहयोगी विकास बैंकको नाफा ७४ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ७४ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले ग्राहकमूखी सेवा प्रदान गर्दै आएकाले नाफा वृद्धि गर्न सफल भएको दावी गरेको छ ।

बैंकले सात करोड ६३ लाख ६६ हजार रुपियाँ खुद नाफा गरेको हो । बैंकले गत वर्ष सोही अवधिमा चार करोड ३६ लाख ७७ हजार रुपियाँ नाफा गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार असारभित्र स्प्रेड रेट ५ प्रतिशतमा ल्याउनुपर्ने प्रावधानअनुसार बैंकले हाल ६ प्रतिशतमा ल्याएको जनाएको छ । सोही अवधिमा गतबर्ष स्प्रेड रेट ९ प्रतिशत रहेको देखिन्छ । यस अबधिमा बैंकले खराब कर्जा अनुपात १.३७ मा झार्न सफल भएको छ । गत वर्ष पहिलो त्रैमासिकमा यस्तो कर्जा २.५४ थियो ।

बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपियाँ रहेको छ । त्यसैगरी, बैंकले हालसम्म तीन अर्ब ४२ करोड ८० लाख रुपियाँ निक्षेप संकलन गरी दुई अर्ब ९८ करोड ८९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ ।

Advertisement

Advertisement

Advertisement